Skip to main content

आध्यात्मिक जागरण(spiritual awakening)

आत्मा शरीर र दिमाग 
भगवान श्री कृष्ण भन्नु हुन्छ हाम्रो मानब शरीर भौतिक हो , जुन केवल एउटा निश्चित समयको लागी मात्र हुन्छ , सधै अमर रहने त केवल आत्मा नै हो।
एस धर्तिमा जीवित प्राणीको रुपमा रहन मात्र हाम्रो आत्माको मिलन शरीरसंग हुन्छ।


आत्मा 
जसरि बिज्ञानमा शक्ति ("law of conservation of energy  ") लाई न बनाउन सकिन्छ न नस्ट गर्न नै सकिन्छ , "ENERGY" लाई केवल एउटा रुपबाट अर्को रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने  "THEORY " , ठ्याक्क तेसै    गरि आत्मा पनि अमर हुन्छ, यो कैले जन्मिदा पनि जन्मिदैन मात्र यसले बिभिन्न शरीरको मार्फत आफुलाई निरन्तरता दिने गर्छ।
हिन्दु फिलोसोपीमा आधारित भएर कुरा गर्नु पर्दा हामीले धेरै ओटा जन्म लिने गर्छौ,हाम्रो धर्म  अनुसार हामी पुर्बजन्म र पुनर्जन्ममा विश्वास गर्छौ, तर हरेक जन्ममा  आत्मा  सधै एउटै हुने गर्छ, आत्मा  प्रतेक जन्ममा छुट्टैछुट्टै शरीरमा बास गर्ने गर्छ।

कर्म 
श्री कृष्ण भगवानको मूल मन्त्र "कर्म गर तर फलको आस नगर ",
कर्म अर्थात् काम जुन मानबजति लगएत येस ब्रह्माण्डमा रहेका हरेक प्राणीको हितमा होस्, तर हामीले गरेको हरेको कर्मको फल भने अबस्य आउने छ।
भागवत गीतामा आधारित भएर कुरा गर्नु पर्दा , हामीले यस  जन्ममा पाएको सबै कुरा पूर्वजन्मको फल हो अर्थात् हामी तेस्लाई भाग्य पनि भन्ने गर्छौ  , हाम्रो राम्रो कर्म र नराम्रो कर्मको सबै हिसाबकिताब हुने गर्छ।
हामीले यस जन्ममा गरेको हरेक कर्मको फलको भागीदार हामी पुनर्जन्म लिदा हुनु पर्ने हुन्छ।
मैले यो कुरालाई धेरै बिस्लेशन गर्ने कोसिस गरे र यो निस्कर्षमा पुगेको छु , येदि हामीले कुनै राम्रो काम गरेउ भने तेस्को फल पनि राम्रै आउने गर्छ , येदि तपाईले कुनै भोकले आतिएको मान्छेलाई भोजन गराउनु भयो भने मनमा एउटा आन्दंदित भावनाको महसुश हुने गर्छ, त्यो स्वोर्गिये आनन्द सरहनै हुन्छ, भित्रिमनदेखि खुसि महसुश गर्नु  भनेकै सुख हो , त्यो खुसिको महसुश ले हाम्रो मनलाई परमात्मासंग  जोड्ने गर्छ।
येशर्थ राम्रो कर्म अर्थात् एस्तो काम जसमा हाम्रो स्वार्थ लुकेको हुदैन।
तर यसको ठ्याक्कै उल्टो कुनै नराम्रो कर्म गर्दा , आफु मात्र होइन आफ्नो भावी सन्ततिलाई समेत प्रभाव पर्ने हुन सक्छ।
जिबनमा नराम्रो र अरुको हानि हुने काम गर्दा धेरै चोटी सोच्नु पर्ने हुन्छ।
हरेक मान्छे केहि केहि कारणले जन्मेको हुन्छ , उसको येस्ती प्रिथिवी लोकमा जन्म लिए पछि उस्ले एउटा कर्तब्य पुरा गर्नु  पर्ने हुन्छ । तेसैले हामीले आफु जन्मनुको कारण खोजौ र तेही अनुरुप कर्म गरौ , एउटा न एउटा बलियो हुनर सबैमा हुन्छ, मात्र तेस्लाई सहि तरिका ले चिन्न सक्नु पर्छ।




मानब शरीर

मानब शरीर माम्शापेसी, हड्डी  र तरल पदार्थ अर्थात् रगतको समिश्रण , एस्लाई संचालन गर्न हाम्रो शरीरको सबै अंगहरुको अभिन्न भूमिका छ।
मानब शरीर भनेको कुनै निश्चित समयको  लागी हुन्छ , शरीरको आयु तोकिएको हुन्छ, भन्ने गरिन्छ मानब शरीर ५ ओटा तत्व मिलेर बनेको हुन्छ , शरीरको आयु विभिन्न कारणहरुले गर्दा कति समयको लागी यस  धर्तीमा जीवित हुन सक्छ भन्ने कुराको ठेगान आजको दिनसम्म रहस्यमय नै छ, तर हाम्रो शरीरलाई जति सक्छौ उति हेरचाह गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो ।
येही सन्दर्भमा एउटा कुरा जोड्न चाहन्छु , आजको दिनसम्म बिज्ञानले येति प्रगति गर्नुमा हामी कैले सम्म जीवित हुन्छौ भन्ने कुरा रहश्य भएर सम्भव भएको हो, येदि हामीलाई आफ्नो निश्चित आयु थाहा हुन्थेयो भने मानबजति येति सक्रिय भएर विकासको काममा साएद नै हुने थियो ।
हाम्रो मृतु अनिश्चित हुनु एक बरदान साबित भयो।

हाम्रो शरीर हाम्रो जिम्मेवारी हो , हामीले खाने भोजन , पिउने पानी, सास फेर्ने हावा समेत स्वछ हुन अत्यन्त जरुरि छ , सबै कुराको असर शरीरमा देखिन्छ।
सन्तुलित भोजन ,ब्यायाम, कर्येतालिका आदिको भूमिका हाम्रो शरीरलाई तन्दुरुस्त राख्नमा हुन्छ।


दिमाग  

हाम्रो शरीरलाई संचन गर्ने महत्वपुर्ण चिज दिमाग हो , दिमागले हाम्रो शरीरको प्रतेक अंग-प्रतेंग लाई आफुले भने जसरि संचालन गरेको हुन्छ ,
जसरि हामी हाम्रो शरीर स्वस्थ हुनु  आवशय्क   तेसै गरि दिमागको स्वस्थ हुनु तेतीनै आवशय्क छ।
आहिलेको काल ,समय र संरचना संगै हाम्रो  भागदौड हामीलाई दिमागी रुपमा थकान महसुश गराउने क्रियाकलाप हुन् , हामी आफ्नो सबै कुरा बिर्सिएर पैसा , पद, पहिचान ,उन्नातिप्रगति  को पछाडी भागीरहेको हुन्छौ , तर तेस्ले हाम्रो मनमा बेचैनी, तनाब पैदा गरेको हुन्छ।
तेसैले मा भन्छु सबै कुरालाई सन्तुलन गरेर हामी हिड्नुपर्ने हुन्छ , तनाबको असर हाम्रो शरीरमा ठ्याक्कै देखिन्छ।
तेसैले एउटा सकारत्मक जिबनशैली, योग , ध्यान , प्राणायाम जस्ता कुरा हरु लाई आफ्नो समय जिबनमा समाबेश गर्नु पर्ने हुन्छ, यस ले सकारात्मक सोचाई को साथसाथै दिमागी स्वास्थ्यलाई पनि सन्तुलित गर्ने गर्छ।
तनाब हुनु भनेको धुर्ब सत्य कुरा हो तर तेस्लाई बेबस्थापन गर्नु एउटा कला हो, त्यो सम्भव हुने गर्छ सकारात्मक सोचाईले , हाम्रो ग्रन्थह भागवत गीता पढेर यसको धेरै ज्ञान लिन सकिन्छ , जसले जिबनमा सहि निर्णय लिन मद्दत गर्छ।
दुख सबैलाई आउछ, धैर्यता नै दुखको एउटा मात्र औषधि किनभने यस संसारमा हरेक कुरा एउटा निश्चित समयको लागी मात्र हुन्छ , दुख पनि कुनै निश्चित समयको लागी नै हो, दुखको समय हाम्रो लागी जिबनले लिएको परीक्षा हो , त्यो पललाई कटाउन सकियो भने परिणाम अबेश्य राम्रो हुनेछ।
मृत्यु 
मृत्यु र जन्म धुर्बसत्ये , मृत्यु निश्चय छ तर यसको महसुश एकदम थोरै लाई मात्र हुन्छ , मृत्युलाई जित्न सकिदैन , मृत्युसंग डर तेस्लाई जसलाई आफ्नो शरीर र अरु भौतिक कुरा हरु संग मोह हुन्छ , तर आत्मा अमर छ भने भौतिक शरीर त्यागेर हामी केहिले पनि मर्दैनौ, हामी बाची राखेको हुन्छौ , हामी बैज्ञानिक रुपले आफ्नो सन्तान हरुमा बाचेको उनीहरुको DNA मा बाचेको हुन्छौ , राम्रो र पुण्यको कामले मान्छेहरुको मनमा बाचिरखेको हुन्छौ।
मोह ले मात्र मनुष्यजनलाई यो दुनिया छोडेर जना डर लाग्छ , मृत्युलाई स्वीकार्न सकियो भने हामीले हरेक पललाई महत्व दिएर बाच्न सक्छौ।
तेसैले मृत्युलाई जित्न हैन स्वीकार्न सिकौ।।

आत्मा शरीर  र मनको सम्बन्ध 


आत्मा शरीर र मन एकअर्कामा  सम्बन्धित कुराहरु हुन्, आत्माको सुद्धीले  नै शरीर र मनलाई कन्चन राख्न मदत गर्छ,
मन चन्चल हुने गर्छ तर सुद्ध आत्माले मनलाई पनि बसमा राख्न सक्छ , जुन कुरा मानबजति को कल्याणमा हुन्छ त्यो कुरा लाई प्रोत्साहन दिने काम सुद्ध आत्माको हो, तेसैले राम्रो विचार , ध्यान , प्राणायाम गरेर आफुलाई  आध्यात्मिक बाटोमा  हिडाउने कोसिस गर्नु पर्छ।
आध्यात्मिक बाटो हिड्नु भनेको जिबनको मतलब बुझ्नु हो।

हामीमा भएको लोभ, रिस , डाह , घमण्ड ,इर्ष्य, हवस् ,अहम भावनाको त्याग गरि जिबनको अर्थ बुझ्नु नै  आध्यात्मिक बाटोमा लाग्नु हो , जसरि भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भयो , उहाले आफ्नो मनका सबै माथि उल्लेख भावनाको त्याग गर्नु भयो र मुक्ति पाउनु भयो।
येदि हामीले पनि मुक्ति पुन सफल भएमा यस पृथ्वीमा  जन्म लिने  र मृत्युबाट सधै को मुक्ति पाउने छौ।

धन्यबाद
हरे कृष्ण , राधे राधे 
यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्‌ । असम्मूढः स मर्त्येषु सर्वपापैः प्रमुच्यते ॥10.3॥



Comments

Popular posts from this blog

मेरो नजरमा भएको नेपाल र नेपालको भविष्य

नेपाल आमा लगाएत नेपाल आमाको बिर सन्ततिहरुमा मेरो नमन।  आज मलाई देशको बारे केहि भनौ भन्ने भावाना आयो तेसैले यो सानो लेख लेख्न कोसिस गरेकी छु। नेपाल आमा आफ्नो राष्ट्र सुखी र स्वाभिमानी भएको हेर्न पाएमा गर्व महसुस हुन्छ होला नेपाल राष्ट्र प्राकृतिक हिसाबले एउटा भगवानको बरदान हो , तर दुखको कुरा  हामी नेपाली हरु ले नेपाल मै भएको हिरा लाई छिन्न सकेनौ, झट्ट हेर्दा झिलिमिली देखिने मानब निर्मित गगनचुम्बी भवन र सहर ले हामीलाई आकर्षित गर्यो. नेपाल स्वर्ग भन्दा  कम  छैन, तर त्यो कुराको महसुस हामी लाई जिन्दगीमा धेरै पछि मात्र हुन्छ, जिबनमा एउटा समय आउने छ तेती बेला मान्छे लाई पैसा,पहिचान र संसारिक कुरा हरु को मोह ले छोड्न थाल्छ , आखिर उसलाई प्रकृतिकै काखमा ,आफ्नै माटोको मुल्य ठुलो महसुस हुन्छ, संसारले दिएको पहिचान भन्दा नि मा को हु र कहाँ कता बाट आएको भन्ने प्रस्नले नै उसको मनमा उत्तर खोज्न थाल्छ। एसको अर्थ यो होइनकी हामी बिदेशी भुमिमा कर्म गर्नु पाप हो, तर आफ्नो तर्फ़बाट जहाँ बसेर पनि देशलाई माया गर्न सकिन्छ, जति पनि नेपाली दाजुभाई तथा दिदिबहिनि हरु बिदेशी भुमिमा हुनु ...

MEERA Movie| LGBTIQA MOVIE| Mero biswas| Prabisha Adhikari | Anita Pandit | Surabina Ka...

Mental Health And Depression

  Mental Health And Depression  I am totally shaken by various news on people committing suicide, depression, stress, and mental health issues. I am not sure how to start, I am totally in blank space at this moment. I hope some of my experience will surely help you to feel hopeful. being depressed means being mentally unsatisfied, unhappy, losing peace of mind, it's a state where an individual feels everything too hard, It slowly takes over a person's life to the point where they forgot how it all began. Depression is initially a reaction, reaction to stress, and seeming inability to change your worst situations. According to my own experience, if all sincere people make a little effort, the graph of suicide and depression could be decreased. There might be a various factor which can lead an individual to depression, anxiety, panic attacks and other mental health issues, dimensions of the possibilities of depression are never a static reason.  It can...