आत्मा शरीर र दिमाग भगवान श्री कृष्ण भन्नु हुन्छ हाम्रो मानब शरीर भौतिक हो , जुन केवल एउटा निश्चित समयको लागी मात्र हुन्छ , सधै अमर रहने त केवल आत्मा नै हो। एस धर्तिमा जीवित प्राणीको रुपमा रहन मात्र हाम्रो आत्माको मिलन शरीरसंग हुन्छ। आत्मा जसरि बिज्ञानमा शक्ति (" law of conservation of energy ") लाई न बनाउन सकिन्छ न नस्ट गर्न नै सकिन्छ , "ENERGY" लाई केवल एउटा रुपबाट अर्को रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने "THEORY " , ठ्याक्क तेसै गरि आत्मा पनि अमर हुन्छ, यो कैले जन्मिदा पनि जन्मिदैन मात्र यसले बिभिन्न शरीरको मार्फत आफुलाई निरन्तरता दिने गर्छ। हिन्दु फिलोसोपीमा आधारित भएर कुरा गर्नु पर्दा हामीले धेरै ओटा जन्म लिने गर्छौ,हाम्रो धर्म अनुसार हामी पुर्बजन्म र पुनर्जन्ममा विश्वास गर्छौ, तर हरेक जन्ममा आत्मा सधै एउटै हुने गर्छ, आत्मा प्रतेक जन्ममा छुट्टैछुट्टै शरीरमा बास गर्ने गर्छ। कर्म श्री कृष्ण भगवानको मूल मन्त्र "कर्म गर तर फलको आस नगर ", कर्म अर्थात् काम जुन मानबजति लगएत येस ब्रह्माण...